घरभाडामा बस्दै आएको व्यक्तिसँग शारीरिक सम्पर्क गर्दै गरेको अवस्थामा छोरीलाई नाङ्गै देखेपछि नयाँदिल्लीको सीलमपुर इलाकामा एक आमाले छोरीलाई सिरानीले मुख छोपेर हत्या गरेकी छिन् । अघिल्लो राति आमा घरमा प्रवेश गर्दा भाडामा बस्दै आएका व्यक्ति र छोरी कोठाभित्र नाङ्गै शारीरिक सम्पर्क गर्दै गरेको अवस्थामा फेला परेको सीलमपुर प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती युवतीको आइतबार बिहान गाजियाबादका एक व्यवसायीसँग विहे हुँदै थियो । विवाहको भोज खान र विहेमा सरिक हुन ती युवतीको घरमा थुप्रै आफन्त जम्मा भएका थिए । विहे हुनु अघिल्लो राति छोरीले घरभाडामा बस्दै आएका व्यक्तिसँग शारीरिक सम्पर्क गर्दै गरेको देखेपछि रिसको आबेगमा रहेकी आमाले सिरानीले मुख छोपिदिएर हत्या गरेको प्रहरीसँगको बयानमा बताएकी छिन् । आमालाई देख्नेवित्तिकै शारीरिक सम्पर्क गर्ने व्यक्ति भने पेन्टी समेत कोठाभित्रै छाडेर भागेका थिए । प्रहरीले ती व्यक्तिको पेन्टी पनि आफ्नो नियन्त्रणमा लिएको छ । छोरीको हत्या अभियोगमा प्रहरीले आमा र उनका छोरालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । छोरीको हत्यापछि आमा र उनका छोराले ती युवतीलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो । चिकित्सकले उपचारका क्रममा शंका लागेपछि प्रहरीलाई बोलाएर घटनाका विषयमा जानकारी दिएपछि आमा र छोरा पक्राउ परेका हुन् । एजेन्सी -