भूकम्प पीडित सिंहदरवार घेर्न पुगे (भिडियो सहित

 काठमाडौं, १२ बैशाख । शक्तिशाली भूकम्प गएको आइतबार वर्ष दिन पूरा भएपनि पीडितहरुको अवस्था भने अझै पनि दयनीय नै छ । भूकम्प गएको वर्ष दिन पुग्दा पनि पीडितहरुको अझै सम्म त्रिपाल र टहरोमा बस्नु पर्ने बाध्यता अन्त्य भएन ।
यसैको विरोध गर्दै तत्काल पुर्निर्माण कार्य गरेर पीडितहरुलाई वर्षा अघि नै सुरक्षित बासको व्यवस्था गर्नु पर्ने पीडितहरुले माग राखेका छन् । पीडितहरु एकत्रित भएर आइतबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार घेर्न पुगेका छन् । तर, प्रहरीले उनीहरुलाई आयल निगमको कार्यालयमै रोकेपछि पीडितहरुले केहीबेर सरकार विरुद्ध नाराबाजी पनि गरे ।

SHARE THIS

Author:

Previous Post
Next Post