आइपीएल क्रिकेटमा बैंग्लोरद्वारा पुणे सुपरजाइन्ट्स १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले राइजिङ पुणे सुपरजाइन्ट्सलाई १३ रनले पराजित गरेको छ। 
 
गएराति भएको खेलमा बैंग्लोरले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको पुणे सुपरजाइन्ट्स पुरै ओभर खेल्दै ८ विकेट क्षतिमा मात्र एक सय ७२ रन मात्रै बनाउन सक्यो। 
 
पुणेका अजिन्क्या राहानेले ६०, कप्तान महेन्द्र सिंह धोनीले ४१, थिसरा परेराले ३४ तथा रजत भाटियाले २१ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन। रोयल च्यालेन्जर्स बैंग्लोरका केन रिचर्डसनले तीन तथा सेन वाट्सनले दुई विकेट लिएका थिए।
 
यसअघि टस जितेर पहिले व्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले पुरै ओभर खेल्दै तीन विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो। बैंग्लोरका एबी डी भिल्लियर्सले ८३, कप्तान विराट कोहलीले ८० , लोकेश रावलले ७ तथा सेन वाटसन १ र सर्फराज खान २ रनमा नटआउट रहे। 
 
पुणेका लाथि थिसरा परेरा एक्लैले तीन विकेट लिए। 

SHARE THIS

Author:

Previous Post
Next Post