|
यो मिसाइबाट एकसाथ १० वटा आणविक हतियार प्रहार गर्न सकिन्छ । दक्षिण चीन सागरलाई लिएर चलिरहेको तीब्र विवादका बीच यस परीक्षणबाट अमेरिका९चीनबीचको तनाव अझै बढ्नेछ ।
अमेरिकी रक्षामन्त्रालय पेन्टागनस्थित अधिकृतहरुले यस ुअन्तरमहादेशीय हतियारु को परीक्षणमा तीब्र असन्तुष्टी जनाएको छ । ३० मिनेटमा विश्वका कुनै पनि कुनामा हमला गर्न यो मिसाइल सक्षम हुने बताइएको छ ।
यस्तो छ मिसाइल
यो मिसाइलबाट यूरोपदेखि लिएर अमेरिकाका कुनै पनि स्थान या सहरमा चीनले सजिलै धावा बोल्न सक्षम हुनेछ । यो मिसाइल ३० मिनेटमा १४ हजार किलोमिटरसम्मको दुरीमा विध्वंश मच्चाउन सक्षम रहेको छ ।
पेन्टागनलाई उधृत गर्दै ुवासिङ्गटन फ्री बीकनु नामको वेबसाइटले जनाए अनुसार अमेरिकन स्याटलाइट र क्षेत्रीय सेन्सरले चीनको मिसाइल परीक्षणका क्रममा आणविक हतियारलाई डिटेक्ट गरेको हो ।
चीनको यो मिसाइल ब्यालेस्टिक मिसाइल जेएल(२ भन्दा सयौं गुणा खतारनाक भएकाले यो परीक्षणलाई अमेरिकाले आफूमाथिको ठूलो खतराकारुपमा लिएको छ ।
अघिल्लो साल ६ अगस्तमा चीनले दुई डमी परमाणु हतियारसहित डीएफ(४१ मिसालइलको परीक्षण गरेको थियो ।
समाचार अनुसार अघिल्लो साल ५ डिसेम्बरमा चीनले डीएफ(४१ लाई रेलबाट सफल परीक्षण गर्न सफल भएको थियो ।
चीनका राष्ट्रपति सी जिनपिङ्गले अहिले देशमाथि पूरै आफ्नो नियण्त्रण जमाएका छन् । बिहीबार उनले आफूलाई चिनियाँ सेनाको कमान्डर इन चीफ पनि घोषित गरेका छन् ।
यो घोषणापछि उनी चीनका अहिलेसम्मका शक्तिशाली नेता बन्न सफल भएका छन् । बुधवार र बिहीबार गुरुवार उनी पहिलो पटक सैन्य पोशाकमा जनतासामू उपस्थित भएका थिए
चीनले गत आइतबार पहिलो पटक दक्षिण चीन सागरको विवादित द्वीपमाथि सैन्य विमान अवतरण गराएको थियो । जनवरीमा पहिलो पटक यहाँ यात्रुवाहक जहाज उडानको सफल परीक्षण गरिएको थियो ।
दक्षिण चीन सागरमाथि गस्ती गरिरहेको एक सैन्य लडाकू फेयरी क्रस रीफमाथि अवतरण भएको खबर सार्वजनिक भएपछि चीनसँग अमेरिकार र उसका सहयोगी राष्ट्रबीच तनाव झनै बढेको छ ।
दक्षिण चीन सागरमा कृत्रिम पूर्वाधार बनाइरहेका तीन मजदुर विरामी परेपछि चीनले उनीहरुको उद्धार गर्न भन्दै सैन्य जहाज अवतरण गराएको थियो ।
सैन्य जहाजबाट उद्धार गरि उनीहरुलाई उपचारका लागि हेनान द्वीपमा पुर्याइएको थियो । यो द्वीपमा अवतरण भएको एक लडाकू विमानको तस्बिर पनि चिनियाँ सञ्चारमाध्यममा सार्वजनिक भएको छ ।
अमेरिकासहित उसका सहयात्री राष्ट्रलाई चीनले यो कृत्रिम द्वीपमा लडाकू जहाजको बेस बनाउला भन्ने चिन्ताले पिरोलेको छ ।
|