शक्तिशाली भूकम्प गएको १ वर्ष पुगेकै दिन नुवाकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का - See more at

काठमाडौं, १२ बैशाख । गत वर्षको वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टरको शक्तिशाली भुकम्प गएको आज वर्ष दिन पुरा भएकै दिन एकाविहानै भुकम्पको धक्का महशुस भएको छ ।
आइतबार विहान २ बजेर १६ मिनेट जाँदा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो धक्का पनि गोरखा भुकम्पको पराकम्प नै हो ।
यसबिच यससँगै ठूलो भूकम्प गएको एक बर्षको अवधिमा ४ रेक्टर भन्दा माथिका ४ सय ५० वटा पराकम्प गएको केन्द्रले जनाएको छ । यसैबिच आज गत वर्षको शक्तिशाली भुकम्पमा परेकाहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी सम्झिइदैछ ।

SHARE THIS

Author:

Previous Post
Next Post