|
कैलाली उदासीपुर–९ पूर्व टेढीकी २५ वर्षीया मेनिका चौधरीको सपना थियो आफ्नै मोवाइल पसल खोल्ने र राम्रो पैसा कमाउने । यही सपना बोकेर उनले मोवाइल मर्मतको तालीम लिइन् । तालीम लिइसकेपछि मुक्त कमैया कोटाबाट मोबाइल मर्मतको तालिम लिने क्रममा मेनिकालाई अभ्यासका लागि आशिष मोबाइल ग्यालरीमा पठाइयो । उक्त ग्यालरी थियो सोही स्थानका सिद्धकीको ।
विबाहित सिद्धकीको पसलमा २०६८ बाट काम थालेकी उनीहरुको प्रेम सम्बन्ध विस्तारै झाँगींदै गयो । तर मेनिकाको न मोवाइल पसल खोल्ने र पैसा कमाउने सपना पुरा भयो त न उनले प्रेमी नै पाइन् । केवल पटक पटक तिनै कथित प्रेमी भनिएका सिद्धकीबाट बलात्कृत भइन् । धेरै पटक सिद्धकीको पेट बोकिन् र उनैको चिनो पेटमा नै बोकेर कहिल्यै नर्फकिने गरी बिदा भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मेनिकाले आशिष मोबाइलको पंखामा नै आत्महत्या गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार उनले आत्महत्या गर्दै गरेको सम्पूर्ण दृश्य सीसी टीभीमा रेकर्ड भएको फुटेज प्रहरीले सुरक्षीत राखेको छ । र प्रहरीले मोनीकाले आत्महत्या गर्नुको मुख्य कारण यौन आर्कषण र प्रेममा धोका भएको निष्कर्ष निकाल्दै सिद्धकीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
मेनिकाको सुसाईट नोटमा आफ्ना दाजुलाई ‘म मर्नुको प्रमाण घरको कुनामा प्लाष्टिकको झिल्लीमा राखिएको, सिद्धीकीसाग यौन सम्बन्ध भएको, गर्भ बसेको र गर्भ पतन गराइएको मिति सहित धर्म परितर्वन गराउनेसम्मको सबै प्रमाण र सिद्धकीका नाममा ६ वटा हस्तलिखित ‘प्रेम पत्र’ घरमा छाडेको लगायतका विषयमा उल्ललेख गरेको बताइएको छ ।
सोही प्रमाणको आधारमा जबरजस्ती गर्भपतन गराइएको देखिएपछि प्रहरीले सिद्धकीलाई पक्राउ गरेर अनुसन्धान थालेको र म्याद थप गरेर अभियुक्तलाई थुनामा राखेको तथा १२ हप्ता भन्दा बढी अवधिको गर्भपतन गराईएको पुष्टि भएमा अभियुक्तलाई एक वर्षको जेल सजाय हुने प्रहरीको भनाई छ ।
|