कनकमणिले १३ अर्बको सम्पति त देशबाहिर मात्रै राखेको आरोप , देशमा थुपै भ्रष्टाचार गरेको दाबी – भिडियो - See more at:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय समाचार समितिलाई दिएको जानकारीलाई पत्याउने हो भने कनकमणि दीक्षितसँग नेपाल बाहिर १३ अर्ब रुपैयाँ बराबरको सम्पत्ति छ।
राससकाअनुसार दीक्षित दम्पत्तीसँग बेलायतको एचएसबिसी बैंकको एक लाख २० हजार कित्ता सेयर छ। शुक्रबार यो सेयर लण्डन स्टक एक्सचेञ्जमा प्रतिकित्ता ४६४ पाउण्ड छ। यसको अर्थ दीक्षितसँग एचएसबिसी बैंकको मात्रै पाँच करोड ५६ लाख ८० हजार पाउण्डको सेयर छ। शुक्रबारको बेलायती पाउण्डको नेपाली सटही दर अनुसार यो आठ अर्ब ४० करोड ७६ लाख रुपैयाँ हुन्छ। -त्यसैगरी राससले दीक्षितसँग स्टयान्डर्ड बैंक बेलायतको ३६ हजार सेयर पनि रहेको जानकारी दिएको छ। शुक्रबार स्ट्याण्डर्ड चार्टड पिएलसिको प्रतिकित्ता ५५२ पाउण्डमा कारोबार भएको थियो। यसको अर्थ उनीसँग एक करोड ९९ लाख पाउण्ड बराबरको सेयर छ। शुक्रबारको पाउण्डसँग नेपाली मुद्राको सटही दरअनुसार यो तीन अर्ब एक करोड रुपैयाँ बराबरको सेयर हो। त्यसैगरी दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनको क्रममा पत्ता लागेको राससले लेखेको छ। अमेरिकी डलरमा उनीसँग ८६ हजार १३४ डलर छ। शुक्रवारको सटहीअनुसार यो ९१ लाख रुपैयाँ हो। त्यसैगरी उनीसँग भएको बेलायती पाउण्ड चार हजार १२६ बराबर नेपालमा चार लाख ३५६ रुपैयाँ हुन्छ। आयोगका प्रवक्ता कृष्णहरि पुष्करले चल अचल सम्पत्ति गैरकानुनी रुपमा आफ्नो नाममा पारेको र सम्पत्तिका सम्बन्धमा परेको उजुरी छानबिनका लागि उपस्थित हुन पटकपटक गरिएको आग्रहलाई अटेर गरिएकाले पक्राउ गरिएको जानकारी दिनुभयो। आयोगले गरेको अध्ययनबाट उनको परिवारका नाममा रहेको चल अचल सम्पत्ति, बैंक खातालगायतका विवरण यकिन गर्दा तालमेल नमिलेको, अनुसन्धान अधिकृतले पटकपटक अनुसन्धान प्रक्रियालाई सहयोग गर्न आग्रह गर्दा अटेर गरेको र आयोगको अनुसन्धानलाई प्रभावित पारेको आयोगको भनाइ छ। हिरासतमा राखिएको दीक्षितलाई आवश्यक कानुनी प्रक्रिया र प्रावधानका आधारमा थप छानबिन गरिने र विशेष अदालतमा पेस गरिने प्रवक्ता पुष्करले बताउनुभयो। साझा यातायात नेपाल सरकारको स्वामित्व रहेको संस्था भएकाले कानुनअनुसार नै सम्पत्ति विवरण बुझाउनु र कानुनलाई सम्मान गर्नु दीक्षितको पनि दायित्व रहेको पुष्करको तर्क छ। पहिलोपोस्टबाट - See more at: http://www.lightnepal.com/12806#sthash.gwnstrVO.RxKnP8OH.dpuf

SHARE THIS

Author:

Previous Post
Next Post