|
एजेन्सी । जोरा बल संसारकै सबैभन्दा कम उमेरकी प्रोग्राम डेभलपर हुन् । ७ वर्षे कलीलो उमेरमा नै जोराले सन् २०१३ मा एउटा मोवाइलको एप बनाएर विश्वलाई नै चकित पारिदिएकी छिन् ।
वेस्ट फिलेडेल्फिया हरामबी इंस्टिट्यूट अफ साइन्स एण्ड टेक्नोलोजीकी छात्रा जोराले यो एपको नाम सुरुमा वैपायर डायमंड्स राखेकी थिइन् ।
हरेक दिन स्कुल पढ्न जाने बाहेकको अरु समय उनले यहीँ गएर कोडीगं गरेर बिताउने गरेको डेलीमेलले जनाएको छ । यि युवती अहिले प्रोगाम डिजाइनरको रुपमा दिनानुदिन प्रसिद्धी कमाइरहेकी छिन् ।
|