|
काठमाडौँ १० बैशाख । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग क्रिकेट तथा युरोमा भइरहेको फुटबल प्रतियोगिताको नेपालमा करोडौंको बाजी चल्ने गरेको खुलेको छ ।बुकी खेलाउने अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नेपालमा समेत यस्तो बाजीको धन्दा हुँदै आएको हो । प्रहरीले यस्तो कार्यमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले साङ्गे ठकुरी र सुदीप गुरुङलाई पक्राउ गरेपछि सट्टेबाजीको धन्दा चल्ने गरेको खेलेको हो ।
एकैदिनमा १५ लाखसम्मको बाजी
उनीहरुले सट्टेबाजीसम्बन्धी बेवसाइट ब्रेट ३६५ डटकमको रेटको आधारमा नेपालमा बाजी खेलाउँदै आएको प्रहरीले जनाएको छ। यद्यपि उनीहरुले एक दिनमा १०–१५ लाख रुपैयाँको कारोबार गर्दथे । पाँच हजारदेखि १०–१५ लाख रुपैयाँ सम्मको बाजी उनले खेलाउने गर्दथे। फोनबाटै डिल गरी उनीहरुले पैसा लेनदेन गर्दथे । ठकुरीकै नेतृत्वमा यसरी सट्टेबाजीको धन्दा चल्दै आएको थियो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
|