|
एजेन्सी । नेपालमा एउटा उखान नै छ मेड इन चाइना, आज छ भोली छैन । चीनको विषय जब जब आउँछ विश्वभर नै चीनको छुट्टै महत्व, मान्यता र स्थान रहन्छ । यतिबेला पनि यस्तै विषयमा चीनीया उत्पादन, अनौठा वस्तु र सस्ता चिजहरुका कारण भारतीय मिडियामा चीनका विषयमा समाचारहरु छ्यापछ्याप्ती प्रकाशित भइरहेका छन् ।
भारतीय मिडियाले चीनिया उत्पादन लगायतका विषयलाई मजाकका रुपमा समाचार सम्प्रेषण गरे पनि यतिबेला भने अनौठा र रोचक विचित्र उत्पादनमाा चीन विश्वमा नै अग्र स्थानमा भन्ने विषय उठाएको छ ।भारतीय अनलाईन भाष्कर दैनिकका अनुसार चीनको हंगकंग स्थित पोलिटेक्निक यूनिवर्सिटी ब्रा स्टडीजमा डिग्रीको व्यबस्था गरिएको छ । जुन कुरा आँफैमा विश्वमा नै रोचक भएको भाष्कर दैनिकको भनाई छ । जुन विश्वविद्यालयबाट पढेका विद्यार्थीहरुले उत्पादन गरेका ब्राहरु ६० मिलियन भन्दा बढीको संख्यामा उत्पादन हुन्छन् । -
चीनको शांक्सी प्रान्तको यन्नानमा करीब ४ करोड मानिसहरु छन् । जो आज पनि अण्डरग्राउण्ड गुफामा बस्छन् । जहाँबाट नै १९३६ मा कम्युनिष्ट आन्दोलनको शुरुवात भएको थियो । जसलाई फार्मस केभ पनि भन्ने गरिन्छ ।
चीनको एक जेलमा यति धेरै कैदी छन् की जसको लेखाजोखा अहिलेसम्म प्रशासनले समेत राखेको छैन । जहाँ हजारौँको संख्यामा वार्षिक रुपमा मृत्युदण्ड दिइन्छ ।
|