|
सिरियामा युद्धबिराम सम्झौता भएयताको सबभन्दा ठूलो हिंसा भएको बताइएको छ । यस बमबारीमा परी आलेप्पोमा १२ सर्वसाधारण र विद्रोहीहरूको उत्तरी दमासकसको सहर डुउमा १३ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
त्यसैगरी सरकारी सैनिकद्वारा होम्स् प्रान्तको तालबिस्से गरेको हवाई आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको छ । यस हिंसाबाट सिरियामा जारी रहेको युद्धबिरामको उलङ्घन भएको अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले बताएका छन् ।
आलेप्पो सहरमा स्थानीय समयाअनुसार शनिबार बिहान १० बजेबाट हवाई आक्रमण सुरु गरिएको बताइएको छ । नागरिक प्रतिरक्षा मन्त्रालयका सदस्यका यस बमबारीमा १२ सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।
यस हवाई आक्रमणहरूमा कम्तीमा नौ सर्वसाधारण घाइते भएको पनि बताइएको छ । आलेप्पोमा शुक्रबार भएको हवाई आक्रमणमा २५ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएको एक दिन पछाडी पुनः शनिबार हवाई आक्रमण भएको छ ।
सिरियामा सन् २०११ बाट सुरु भएको द्वन्द्वमा हालसम्म २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
त्यसैगरी लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौँ शरणार्थी भई विदेशमा शरण लिन पुगेका छन
|