|
काठमाडौँ, १२ वैशाख । गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति राष्ट्रले श्रद्वञ्जलि अर्पण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओलीले सुन्धारास्थित धरहरा पुगी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेर धरहराको फेदमा दिवङ्गतलाई सम्झेर पुष्पगुच्छा अर्पण गरे ।
उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र विभिन्न सङघसंस्थाका पदाधिकारी र पर्यटन व्यवसायीले पनि भूकम्पमा परी मृत्यवरण गरेका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
गत वर्ष ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प र पराकम्प गरी करिब नौ हजार नेपालीको ज्यान गएको थियो । त्यसैलाई सम्झेर सरकारले सम्पूण दिगङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जति सभाको आयोजना गरेको हो ।
|