यी हुन् नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड - See more at:

काठमाडौं ।Sompal-Kami-1
विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र नामिबियाबीचको दोस्रो खेल जारी छ। नेपाली खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही विशिष्ट व्यक्ति खेलस्थलमा सहभागी छन् ।
के तपाइँलाई थाहा छ क्रिकेट इतिहासमा सबैभन्दा तिव्ररुपमा लक्ष्य पच्छ्याउने देशको नाम के हो ? जवाफ हो नेपाल । नेपालले म्यानमारलाई १० रनमै आउट गरिदिएको थियो र यो स्कोर लक्ष्य केवल २ बलमा भेट्टाएको थियो । सन् २००६ मा बनेको यो रेकर्ड क्रिकेट जगतमा उदाउँदै गरेको देश नेपालले राखेको एक अप्यारिलो रेकर्ड हो । त्यस्तै नेपालले पपुवा न्यू गिनीसँग आफ्ना पहिला दुवै खेल जित्ने रेकर्ड कायम गरेको छ । यो पनि क्रिकेट दुनियाँमा राम्रै रेकर्ड मानिएको छ ।
हुन त अनौठो लाग्न सक्छ तर एसोसिएट र एफिलिएट देशहरुले गरेका प्रदर्शनले टेष्ट र वान डे खेल्ने देशहरु पनि झस्किन्छन् । यहाँ त्यस्तै सिकारु देशहरुले बनाएका ५ अपत्यारिला रेकर्डबारे चर्चा गरिएको छ ।
१- सोमपाल कामी (नेपाल) टी -२० क्रिकेटमा सर्वाधिक रन बनाउने १० नम्बरका खेलाडी
नेपाली बलर सोमपाल कामी टी-२० क्रिकेटमा १० औं नम्बरमा खेलेर पनि सर्वाधिक रन बनाउने विश्वका खेलाडीमा प्रथम स्थानमा छन् । उनले सन् २०१४ मा हङकङ विरुद्ध केवल ३१ बलमा ४० रन बनाएका थिए ।
११ दशमलव ५ ओभरमा नेपाल केवल २५ रन सहित ८ विकेट गुमाएर निराश अवस्थामा पुगेको समयमा सोमपालले धुवाँदार ब्याटिङ गरेर विश्वलाई चकित पारे ।

उनकै ४० रनको मद्दतले नेपाले हङकङलाई ७२ रनको चुनौती दिन सकेको थियो । यो खेलमा दोहोरो अंकमा रन बनाउने कामी नेपालका एक मात्र खेलाडी थिए । सोमपालको रेकर्ड विश्व क्रिकेटमा दुर्लभ मानिएपनि खेल भने नेपालले हारेको थियो ।
२- महबूब आलम (नेपाल)- एक इनिङमा १० विकेट लिने खेलाडी
नेपाली क्रिकेटर महबूब आलम पनि विश्व क्रिकेटमा अभेद्य किर्तिमान बनाउने सिकारु देश नेपालका खेलाडी मानिन्छन् । उनले बनाएको रेकर्ड क्रिकेटको दुनियाँमा तोड्न करिव करिव मुस्किल रेकर्ड हो ।
Mommad-Alam

सन् २००८ को आइसिसी विश्वकप लिगको म्याचमा आलमले मोजाम्बिक विरुद्ध १ इनिङमै १० विकेट लिएर विश्व किर्तिमान राखेका थिए । नेपालले २३८ रनको लक्ष्य दिएको खेलमा आलमको धुवाँदार बलिङका कारण मोजाम्बिक टोली केवल १९ रनमा अल आउट हुन पुगेको थियो । यो खेलमा सबै विकेट आलमले लिएका थिए ।
मोजाम्बिकका ९ खेलाडी खाता नखोली आउट भएका थिए । आलमको यो रेकर्ड गिनिज बुक अप वर्ल्ड रेकर्डमा दर्ज गरिएको छ । यस अघि टेष्ट म्याचमा भारतका अनिल कुम्ले र जिम लेकरले १०-१० विकेट लिएको रेकर्ड छ ।
३- मोहमम्द शहजाद (अफगानिस्तान)- सन् २०१५ मा टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी
सन् २०१५ मा टी-२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडी अफगानिस्तानका शहजाद । उनले गत वर्ष जिम्बाबेविरुद्ध ६७ बलमा ११८ रन बनाएका थिए । उनले नै सन् २०१५ मा सर्वाधिक रन बनाउने खेलाडीको रेकर्ड बनाए ।
Mommad-Sahajad-Afghanistan
उनले ११ खेलबाट २९७ रन बनाएर वर्षभरीमा सबैभन्दा बढी रन बनाउने खेलाडी बने । उनीपछि मात्र दक्षिण अफ्रिकी क्याप्टेन फाफ डुप्लेसीले २७२ रन बनाएर दोश्रो स्थानमा रहे ।
४- पीटर मुसप्याट (फिजी) केवल ६२ रन दिएर ८ विकेट
फिजी विश्व क्रिकेटमा खासै चर्चित छैन । तर फिजीले अहिले सम्म खेलेको क्रिकेटबाट भने धमाकेदार नतिजा दिएको छ । खासै धेरै खेल नखेलेको देश फिजिका बलर पीटर मुसप्याटले सन् १९५५ मा पाकिस्तानलाई झट्का दिएका थिए ।
Pakistan-vs-Fiji
उनले केवल ६२ रन दिएर ८ विकेट लिएपछि विश्वकप विजेता टिम पाकिस्तान धर्मराएको थियो । उनी सबैभन्दा कम रन दिएर धेरै विकेट लिने खेलाडीकोरुपमा किर्तिमानी हुन् । उनको बलिङका कारण पाकिस्तानले ५४ रनमा ४ विकेट गुमाइसकेको थियो । उनकै कारण फिजी र पाकिस्तानको खेल समेत ड्र हुन पुगेको थियो ।
५- केविन ओ ब्रायन (आयरल्याण) विश्वकपमा सबैभन्दा तिव्र शतक बनाउने खेलाडी
विश्व क्रिकेटमा आयरल्याण्ड पनि राम्रै टिम मानिन्छ । यो टिमले कैयौं पटक इङ्ग्याल्ण्ड जस्तो टीमलाई समेत झट्का दिएको छ । आयरल्याण्डले इङ्ग्ल्याण्डलाई विश्वकपबाट बाहिर पठाएको रेकर्ड समेत छ ।
Kebin-O-Bryan
३२७ रनको लक्ष्य दिएको इङ्गल्याण्डलाई आयरल्याण्डका खेलाडी केविन ओ ब्रायनले ५० वलमा शतक प्रहार गरेपछि धक्का लागेको थियो । उनको शतककै कारण विश्वकपमा सबैभन्दा ठूलो स्कोर पच्छ्याएको आयरल्याण्डले इङ्ग्ल्याण्डलाई घर पठाइदियो । ब्रायन विश्वकपमा सबैभन्दा तिव्र गतिमा शतक हान्ने खेलाडी हुन् । यद्यपी गत विश्वकपमा भने दक्षिण अफ्रिकाका खेलाडी एवि डिभिलियर्स र अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले क्रमश ५२ र ५१ रनमा शतक प्रहार गरेका थिए ।
श्रोत नेपाली हेडलाइन बाट

SHARE THIS

Author:

Previous Post
Next Post