|
काठमाडौं, ९ बैशाख । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्लारियललाई ३–० गोलअन्तर पराजित गरेको छ।
बुधबार राति भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४१ औं मिनेटमा करिम बेन्जिमा, ६९ औं मिनेटमा लुकास र ७६ औं मिनेटमा लुका मोर्डिकले गरेको एक–एक गोलले नै रियल मड्रिडको जीत पक्का हुन पुगेको हो ।
रियल मड्रिडको जीतसँगै लिगको उपाधि होडमा लिग लिडर बार्सिलोनामाथि दबाब परेको छ । जितपछि ३४ खेलबाट ७८ अंक जोडेको रियल मड्रिड लिगको तेस्रो स्थानमा छ र लिग लिडर बार्सिलोना र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा एक अंकलेमात्रै पछि छ।
एथ्लेटिको मड्रिडको ३४ खेलबाट ७९ अंक छ भने बार्सिलोनाको पनि समान ७९ अंक नै छ । तर गोल अन्तगरका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ । चार खेल बाँकी हुँदा तीन प्रमुख टिम बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिडबीचको उपाधि होड निकै रोमाञ्चक बनेको छ ।
|