![]() |
एजेन्सी । चिट विश्वभरका विद्यार्थीहरुले चोर्छन् भन्ने ज्वलन्त प्रमाणहरु हुन् यि तस्विरहरु । चिट चोर्नुलाई कलाका रुपमा हेरीएपनि राम्रा विद्यार्थीले गर्न नहुने यो कर्मलाई अपराधका रुपमा पनि हेरिन्छ ।
यो तस्विर थाइल्याण्डको केसटआर्ट युनिवर्सिटीको हो जहाँ विद्यार्थीहरुलाई चिट चोर्नबाट रोक्नलाई उनीहरुको शीर दुर्वतिरबाट कागजले रोकीएको छ । उनीहरुलाई यताउता हेर्ने अनुमती छैन ।
भारतीय सेनामा आउनुपूर्व लिखित परिक्षा पासगर्नुपर्ने हुन्छ । इन्ट्रान्सभन्दा अगाडी विद्यार्थीहरुले पाइन्ट समेत काढेर देखाउनुपर्ने हुन्छ ।
विद्यार्थीहरुको चिट निगरानीमा उचाईमा बसेर शिक्षकले हेरेको यो तस्विर सामाजिक संजालमा भाइरल बनेको छ ।
बेल्जियमको थॉमस मोर कलेजमा विद्यार्थीहरुको चिट निगरानीका लागी परिक्षा हलमा ड्रोन क्यामेरा समेत जडान गरिएको छ । जस्ले बेलाबेलामा विभिन्न हलहरुमा गएर छड्के जाँच समेत गर्दै आएको छ । जस्ले हालै छात्राहरुले अन्तरवस्त्रबाट चिट निकालेको अवस्थामा पक्राउ गर्न सफल भएको थियो ।
![]() |