अफ्गानिस्तानमा आत्मघाती विस्फोट, २० को मृत्यु १९८ घाइते

काठमाडौं, ७ बैशाख । अफ्गानिस्तानमा आत्मघाती विस्फोट हुँदा २० जना भन्दी बढीको मृत्यु भएको छ भने एक सय ९८ जना घाइते भएका छन् ।afganistan
अफ्गानिस्तानको राजधानी काबुलमा मंगलबार सरकारी भवनहरुलाई लक्षित गरि गराएको सो आत्मघाती विस्फोटको जिम्मेवारी उग्रवादी संगठन तालिवानले लिएको बताइएको छ ।
यसैबीच अफ्गानिस्तानका राष्ट्रपति अशरफ घानीले सो विस्फोटको निन्दा गरेका छन् । यता तालिवानले आफ्ना कमाण्डर मुल्लाह खलिफाको गिरफ्तारीको बदलामा सो विस्फोट गराएको श्रोतलाई हवाला दिँदै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

SHARE THIS

Author:

Previous Post
Next Post