|
एभर्टनलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको सातौँ स्थानमा उक्लिएको छ।
गएराति भएको खेलमा लिभरपुलले एभर्टनलाई ४–० ले पराजित गरेको हो। लिभरपुलका लागि खेलको ४३ औं मिनेटमा डिभोक ओरिजीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
यस्तै पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै मामाडु शाकोले लिभरपुलको अग्रता दोब्बर पारे। पहिलो हाफमा दुई गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो।
खेलको ६१ औं मिनेटमा ड्यानियल स्टुरेजले गोल गर्दै टोलीलाई ३–० अग्रता दिलाए। यस्तै खेलको ७६ औं मिनेटमा फिलिप कान्टिनियोले गोल गर्दै लिभरपुललाई ४–० को जित दिलाए।
जितसँगै लिभरपुल सातांै स्थानमा उक्लिएको छ। लिभरपुलले ३३ खेलबाट ५४ अंक जोडेको छ। समान खेलबाट ५६ अंक जोडेको वेष्ट ह्याम छैठौं स्थानमा छ।
|