कृष्णदासजीले यी महिलासँग समाधिभित्र के–के खाए छन् (खानाको परिकारसहित) -

काठमाडौं, ८ वैशाख । अघिल्लो शुक्रबार अचम्मै भयो । वर्षौंपछि पोखरामा अर्को अन्तर्राष्ट्रि विमानस्थल बन्ने कामको शिलन्यास भयो । सँगसँगै त्यही ठाउँमा एकजना जोगीले बिनाअक्सिजन बन्द बाकसभित्र नौँ दिन बिताए । यसबाट विज्ञानलाई नै चुनौति हुनेगरी चमत्कार देखिएको भनेर चिकित्सकले नै वर्णन गरेको समाचा पढ्न पाइयो ।Sidha-Baba-Krishna-Das-ji-650x292
चार दशकदेखि बिरामीको उपचार गदर्नै आएका पश्चिमाञ्चलका नामी चिकित्सक बुद्धबहादुर थापा, श्वासप्रश्वाससम्बन्धी डाक्टर कालु शर्मा र मुटुरोग विशेषज्ञ नारायण गौतमसमेतलाई उक्त समाचारमा उद्धृत गरियो । तर, यो कुरा बताइएन कि, अहिलेको दुनियाँमा बिना अन्नपानी, अक्सिजन, बन्द बाकसभित्र कैद हुनु सम्भव छ कि छैन रु अनि, त्यसबीच शरीरमा कुनै पनि खालको अन्न, खाद्यान्न परे, नपरेको–दिसा, पिसाब गरे, नगरेको जाँचने विधि अपनाइयो कि अपनाइएन रु रगत जाँचियो कि जाँचिएन रु यस्तो प्रश्न उठ्नु किन पनि जायज ठहरिन्छ भन्ने छ वषअघि रामनवमीको अवसरमा यिनै कुष्णदासजी महाराज नामक पात्रले सुनसरीको चतराधाममा नौ दिने समाधि लिएको भन्दै रमिता देखाउँदाका हर्कतबारे जानकारहरू मौजुदा छन्, तस्बिरहरू सुरक्षित छन् ।त्यतिबेला इँटा सिमेन्ट लगाएर बक्सा बन्द गरिएको थियो भने टाकोपट्टी इँटामुनि काठको फल्याक, त्यसमुनि कालो मासको दाना मुठीका मुठी राखिएको थियो । अनि, इँटा सरेर चार इञ्च भित्रपट्टि आएको, जमरा पनि भित्रै उम्रिएको, बन्द अँध्यारो कोठामा जमरामाथि पानी छम्किराखिएको अवस्था थियो ।
जानकारहरू भन्छन्, ‘तन्ना र गद्दामुनि मोबाइल र नटबोल्छ लुकाइराखिएको थियो । उनी टाउकोपट्टिबाट निस्कँदै पस्दै गर्दै रहे ।’ यो कर्ममा उनलाई अस्मिना नामक युवतीको समर्थन थियो । छेउमै पाँचवटा गाग्रोभित्र बदाम, काजु, मह र बोटलमा पानी पनि राखिएको थियो । तीनतिर प्लाष्टर लगाइएको, टोकोपट्टिबाट मासको गेडामाथि काठ राखिएको निस्कन मिल्ने गरी इँटा अड्याइएको अवस्थामा देख्ने खगेन्द्र दुलाल, कुमार गरी, अर्जुन गुरुङहरू अचेल के भन्छन् कुन्नी ?
अनि, यी महाराजा निस्कँदा फाष्टिङको रक्त र मुत्र परीक्षण किन गरिएन रु, यसबीच उनले र अस्मिनाले प्रयोग गर्ने मोबाइलको सम्पर्क किन जाँचिएन रु निधारभरि तिलक लगाएर छिरेका समाधिमा बसेका मान्छेले निस्कँदा तिलक किन हराए ? तन्ना किन सोहोरिए ? रुपमा कता हरायो ? केही पनि खोजी भएन । भक्तजनको भीड लाग्यो । डाक्रहरुले प्रशंसाको पुल बाँध्न थालेको जनआस्था साप्ताहिकमा समाचार छ ।

SHARE THIS

Author:

Previous Post
Next Post